+

काठमाडौंमा चारदिने सुटिङ कोर्ष सुरु

२०७६ असोज  ६ गते १४:३८ २०७६ असोज ६ गते १४:३८
काठमाडौंमा चारदिने सुटिङ कोर्ष सुरु

६ असोज, काठमाडौं । काठमाडौंमा  सोमबारदेखि चार दिने सुटिङ ओलम्पिक सोलिडारिटी कोर्ष सुरु भएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा सुटिङ खेलका प्रशिक्षकहरुका लागि ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्ष सुरु भएको हो । कोर्षमा नर्वेका राइफल र पेस्टल एक्स्पर्ट कोर्ष डिरेक्टर लिफ रोलान्ड र हंगेरीका सोनल रामेन्द्रले प्रशिक्षण दिने छन् । सुटिङ कोर्षमा सातै प्रदेशका ३० जना सुटिङ प्रशिक्षकहरुको सहभागिता रहेका छन् ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परवर्तित नियमको बारेमा प्रशिक्षण हुने बताए । उद्घाटन कार्यक्रममा एनओसीका उपाध्यक्ष चतुरानन्द राज बैद्य, सचिव निलेन्द्र राज श्रेष्ठ तथा नेपाल सुटिङ संघका अध्यक्ष पुष्प दास श्रेष्ठको उपस्थित रहेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय