६ असोज, काठमाडौं । हृवावे कन्ज्युमर बिजनेस ग्रुप (सीबीजी) ले नयाँ स्मार्टफोन हृवावे नोभाफाइभ टी आज नेपालीबजारमा सार्वजनिक गरेको छ ।
नेपालभर उपलब्ध रहेको नोभाफाइभ टीले ग्राहकहरूलाई सहज रूपमा मोबाइल फोन प्रयोगको पि्रमियम अनुभव प्रदान गर्दछ । आकर्षक र फ्युचरिस्टिक डिजाइन र पाँचवटा फाइ भए आई क्यामराहरू भएको नोभा फाइभ टी फेसनमा चाख राख्ने सामाजिक संजालका प्रयोगकर्ताहरूका लागि सर्वोत्तम स्मार्टफोन हो ।
हृवावे नोभा फाइभ टी नेपालमा उपलब्ध हुनेछ र यसको मूल्य रुपैयाँ ५३ हजार ९०० तोकिएको छ ।
सामाजिक संजालका लागि सबैभन्दा उत्कृष्ट सट महत्वपूर्ण रहेको अहिलेको समयमा हृवावे नोभा फाइभ टी ले सामाजिक संजालका उत्साही प्रयोगकर्ताहरूलाई फोटो वा भिडियो सम्बन्धी कामहरू गर्नका लागि यसमा उत्कृष्ट टुलहरू रहेका छन् ।
हृवावे नोभा फाइभ टी का प्रयोगकर्ताहरू पि्रमियम मोबाइल फोटो र भिडियो क्यामराहरूबाट लाभान्वित हुन्छन् साथै रमाइला पलहरू कैद गर्नका लागि सहज बनाउँछ ।
हृवावेका स्मार्ट फोनहरू मोबाइल फोटोग्राफी पावर हाउसका रूपमा प्रचलित छन् र नोभा सिरिज पनि सोही अन्तर्गत पर्दछन विशेषगरी सेल्फी क्यामराका लागि । अल्ट्रा- क्ल्यारिटीसहितको हृवावे नोभा फाइभ टी को ३२ एमपी फ्रन्ट क्यामराले सूक्ष्म रूपमा स्पष्टताका साथ हरेक वस्तुलाई कैद गर्दछ ।
हाई डेफिनेसन, अल्ट्रा-वाइड एंगल, म्याक्रो तथा डेˆथ अफ फिल्ड फोटोग्राफी सपोर्ट गर्ने चारवटा रियर एआई क्यामराहरू जडित नोभा फाइभ टीले एउटै सटमा भास्ट ल्याण्डस्केपदेखि क्लोज अप सटहरूसहित सबै खाले तस्वीरहरू खिच्दछ ।
यसमा ४८ एमपीको एचडी लेन्स, १६ एमपी वाइड एंगल लेन्स, २ एमपी म्याक्रो लेन्स र २ एमपीबोकेह लेन्स रहेको छ जसले फोटोको हरेक वस्तुलाई स्पष्ट रूपमा प्रस्तुत गर्ने र सबैखाले प्रकाशमा पनि एक्सपोजरलाई सन्तुलित बनाई राख्छ ।
एआई इमेज स्टेबलाइजेसन, अटो एक्सपोजर लक तथा अटो फोकस लक जस्ता एआई इन्हृयान्स्ड फोटोग्राफी प्रविधिले तस्वीरहरू स्पष्ट र सूक्ष्म रूपमा खिच्दछ ।
मोबाइल फोनमा भएको शक्तिशाली अटोमेटिक भिडियो एडिटिङ सुविधाबाट नोभा फाइभ टीका प्रयोगकर्ताहरु लाभान्वित हुन्छन् । एआई एचडीआर तथा एलगरिदम भएको नोभाफाइभ टी मार्फत् प्रयोगकर्ताहरूले अँध्यारोमा पनि अविश्वसनीय पोट्रेट सटहरू खिच्न सक्छन् ।
हृवावे नोभाफाइभ टी मा प्रिमियम किरिन ९८० एआई प्रोसेसर जडित छ र ८ जीबी र्याम तथा शक्तिशाली इएमयूआई ९.१ अपरेटिङ सिस्टम रहेको छ ।
नोभाप फाइभ टीमा भएको २२.५ हृवावे सुपरचार्ज प्रविधिले फोन चाँडै चार्ज हुन्छ । मोबाइल उद्योगकै अग्रणी जीपीयू टर्बो ३.० हार्डवेयर-सफ्टवेयर इन्टिग्रेटेड ग्राफिक प्रोसेसिङ एक्सेलेरेसन प्रविधिले फूल फ्रेमिङ गेमिङ अनुभव प्रदान गर्छ ।
६.२६ इन्च हृवावे पन्चफूलभ्यू डिस्प्ले भएको नोभाफाइभ टी को तौल मात्र १७४ ग्राम रहेको छ । वेफर जस्तो पातलो यस फोनको मोटाई ७.८७ एमएम रहेको छ जसले आकर्षक डिस्प्ले र स्लेन्डर लुक प्रदान गरेको छ ।
तीन वटा आकर्षक रंगहरूनीले (क्रस ब्ल), कालो र बैजनी -मिडसमर पर्पल) मा उपलब्ध रहेको छन् ।
हृवावेको प्रोपाइटरी एक्सटेन्डेबल रिड-अन्लीफाइल सिस्टमले औसत र्यान्डम रिड स्पीडलाई २० प्रतिशतले बढाउँछ । यसले रोम साइजलाई घटाएर सिस्टम स्टोरेज स्पेस बचाउन सघाउँछ ।
नोभाफाइभ टीका विशेषताहरू
आकारः १५२.२५ एमएम*७३.९७एमएम* ७.८७एमएम
तौलः १७४ ग्राम
डिस्प्लेः हृवावे पन्चफूलभ्यू डिस्प्ले, एलसीडी
डिस्प्ले साइज ः ६.२६ इन्च
रियर क्यामरोः ४८ एमपी एचडी लेन्स
१६एमपी अल्ट्रा वाइड एंगल लेन्स
२ एमपीम्याक्रो लेन्स
२ एमपीबोकेह लेन्स
फ्रन्ट क्यामराः ३२ एमपीएफ/२.०
भिडियो रेजलुसनः फोर के, ३० एफपीएस
चिपसेटःकिरिन ९८०
अपरेटिङ सिस्टम: इएमयूआई ९.१ एन्ड्रोइड ९ माआधारित
र्यामतथा स्टोरेज: ८ जी र्याम+ १२८ रोम
ब्याट्री: ३७५० एमएच टिपिकल भ्यालु
हृवावे २२.५ सुपरचार्ज
फिगरप्रिन्ट: सेन्स साइड माउन्टेड
जीपीयू टर्बो ३.०
हेडसेटः हिस्टन ६.० सपोर्टिङ ९.१ च्यानल
रंगहरूःकालो, नीलो र बैजनी
प्रतिक्रिया 4