Comments Add Comment

भारतसँग बराबरी खेलेसँगै बंगलादेश सेमिफाइनलमा प्रवेश

६ असोज, काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबलको समूह ‘बी’ मा रहेको बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा सोमबार भएको समूह ‘बी’ को खेलमा बंगलादेशले भारतसँग गोलरहित बराबरी खेलेसँगै सेमिफाइनलमा प्रवेश गरेको हो । यता, भारतले भने सेमिफाइनलमा स्थान बनाउनका लागि अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्नुपर्ने हुन्छ ।

आफ्नो पहिलो खेलमा जीत हात पार्दै शुखद सुरुवात गर्ने लक्ष्य बनाएको भारतलाई बराबरीसँगै धक्का लागेको छ । यता, बंगलादेशले भने आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

भारतले अब श्रीलंकासँग २५ तारिखमा समूह चरणको अन्तिम खेल खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment