+
+

विवेकशीलको अध्यक्षमा पाण्डे र थापाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते १७:५४

६ असोज, काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे र शिव थापा भिड्ने भएका छन् ।

अध्यक्षको लागि दुबैले उम्मेदवारी दिएका हुन् । पाण्डे विवेकशीलका प्रवक्ता हुन् भने थापा प्रदेश ५ संयोजक । अध्यक्षका दावेदारका रुपमा हेरिएकी रञ्जु दशर्नाले भने उम्मेदवारी नै नदिएको एक नेताले बताएका छन् ।

उपाध्यक्षमा अजिता राईको मात्र उम्मेदवारी परेको छ भने महासचिवमा कर्मा लामा र निर्देश सिलवालको उम्मेदवारी परेको छ ।

वर्तमान अध्यक्ष उज्वल थापाले फेरि अध्यक्ष नहुने यसअघि नै घोषणा गरेका थिए । विवेकशीलको राष्ट्रिय सम्मेलन कात्तिक १ र २ मा हुनेछ, जसले नेतृत्व चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?