Comments Add Comment

मलाई थाहा छ, नतिजाले अर्थ राख्छः भालभर्डे

६ असोज, काठमाडौं । एर्नेस्टो भालभर्डेलाई थाहा छ कि सिजनको खराब सुरुवातपछि बार्सिलोनामा उनीमाथि दबाब बढ्दो छ । बार्सिलोनाले पछिल्लो खेलमा ग्रानाडामाथि २–० को हार व्यहोरेको थियो । योसँगै क्लबले २५ वर्षकै खराब सुरुवातको रेकर्ड बनायो ।

तर भिल्लारियलसँगको खेलसँगै टिमले सही दिशा लिने भालभर्डेको विश्वास छ । भविश्यबारे सोधिएको प्रश्नमा भने बार्सिलोनाका प्रशिक्षक भालभर्डेले भनेका छन्, ‘अहिले केही छैन ।’ आफू जुन पदमा छ, त्यहाँ रिजल्टले अर्थ राख्छ भन्ने जानकारी रहेको भन्दै उनले सिजनमा खराब सुरुवात गरेको र त्यसबाट बाहिर आउन नसकेको स्वीकार गरेका छन् ।

टिमको खराब प्रदर्शनको कारणबारे सोधिएको प्रश्नमा भालभर्डेले घरेलु खेलको तुलनामा अवेमा राम्रो रिजल्ट आउन कसकेको बताए ।

डेम्बेले टिममा फर्किए

भिल्लारियलविरुद्ध खेल्ने बार्सिलोनाको टोलीमा उस्मान डेम्बेले पनि आएका छन्, जो झण्डै एक महिना चोटका कारण मैदानबाहिर थिए । तर आश्चर्यजनक रुपवा इभान राकिटिकलाई टिममा राखिएको छैन । उनी यो सिजन प्रशिक्षक भालभर्डेको रोजाईमा कम पर्ने गरेका छन् ।

यस्तै कार्लोस परेज पनि टोलीमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment