Comments Add Comment

राम्सीको गोलमा युभेन्टसको जित

५ असोज, काठमाडौं । वेल्स मिडफिल्डर एरोन राम्सीले सिरी एमा आफ्नो पहिलो खेलमा नै गोल गर्दा युभेन्टसले भेरोनालाई हराएको छ ।

शनिबार राति भएको खेलमा साविकको विजेता युभेन्टसले भेरोनालाई २–१ गोल अन्तरले हराएको हो । युभेन्टसको घरेलु मैदानमा भएको खेलमा भेरोनाले २० औं मिनेटमा पिन्टो भालोजीको गोलबाट अग्रता लिएको थियो ।

तर ३१ औं मिनेटमा राम्सीले बराबरी गोल फर्काए । दोस्रो हाफको सुरमा नै क्रिष्टियानो रोनाल्डाले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।

खेलमा थप गोल हुन सकेन । बरु इन्जुरी टाइममा कम्बालाले रातो कार्ड पाएपछि भेरानाले १० खेलाडीमा खेल टुंग्यायो । जितपछि युभेन्टसको ४ खेलबाट १० अंक भएको छ भने १२ औं स्थानमा रहेको भेरोनाको मात्र ४ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment