+
+
Shares

थ्रीस्टार क्लबको अध्यक्षमा जोशी चयन

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते १७:१९

५ असोज, काठमाडौं । थ्रीस्टार क्लबले वार्षिक साधारणसभाबाट अरुणमान जोशीको अध्यक्षतामा १९ सदस्य कार्य समिति चयन भएको छ ।

आइतबार भएको क्लबको वार्षिक साधारणसभाले जोशीको अध्यक्षतामा १९ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको हो । दुई सदस्य भने पछि कार्यसमितिले मनोनयन गर्नेछ । उपाध्यक्षमा भने निर्मलरत्न शाक्य, अतिशकृष्ण श्रेष्ठ, रमेश अवाले, कृष्ण अवाले, विरेन्द्रलाल श्रेष्ठ र जयकृष्ण श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, महासचिवमा भने सञ्जिव शिल्पकार, कोषाध्यक्षमा राम श्रेष्ठ, सचिवमा कुलबहादुर महर्जन र निवास गोपाल वैद्य चयन भएका छन् ।   ।

सदस्यहरुमा भने रामकृष्ण चित्रकार, प्रेमबहादुर चित्रकार, हरि महर्जन, रामेश्वर अवाले, रुपेन्द्र पुरी र मुकेश नकर्मी चयन भएका छन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले थ्रीस्टार क्लबलाई अझ अगाडि बढ्नआवश्यक मैदान र पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?