Comments Add Comment

मदन भण्डारी स्पोर्टस् एकेडेमी सेमिफाइनलमा

६ असोज, विराटनगर । गोर्खा ब्वाइज क्लब बुटवललाई पराजित गर्दै काठमाडौंको मदन भण्डारी स्पोर्टस् एकेडेमी मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाईज क्लब बुटवललाई ३–२ गोल अन्तरले पराजित गर्दै एकेडेमी सेमिफाइनल प्रवेश गरेको हो । एकेडेमीका तर्फबाट तपन कार्की, प्रकाश बुढाथोकी र भुषण सुब्बाले १/१ गोल गरे । गोर्खाका तर्फबाट दुवै गोल दीपक राईले गरे ।

पहिलो हाफको सुरुवातमै अग्रता लिए पनि गोर्खाले नतिजा आफ्नो पक्षमा पार्न सकेन। गोर्खाका लागि दीपक राईले १८ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विजय धिमालले दिएको क्रस पासमा राईले गोल गरेका थिए । खेलको २४ औं मिनेटमा एकेडेमीको तर्फबाट तपन कार्कीले गोल गरे ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा एकेडेमीका प्रकाश बुढाथोकीले गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्‍याए । ७९ औं मिनेटमा भुषण सुब्बाले गोल गर्दै ३–१ को स्थीतिमा पुर्‍याए ।

खेलको ८१ औं मिनेटमा दीपक राईले दोस्रो गोल गरे पनि गोर्खालाई जितका लागि पर्याप्त हुन सकेन । मंगलबारको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र रोयल क्लब वेष्ट बंगाल भारतबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment