
७ असोज, काठमाडौं । पर्साको बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टीबाट प्रहरीले बोइलर कुखुराको चल्ला मंगलबार विहान बरामद गरेको छ ।
मंगलबार विहान ३ बजेको समयमा अरमपट्टी प्रहरी चौकीबाट खटेको प्रहरीको गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ५५४४ वटा कुखुराको चल्ला बरामद गरेको जनाएको छ ।
३/४ जनाको समूहमा रहेका मानिसले टाउकोमा कार्टुनभित्र चल्ला राखेर ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोली देखिपछि उनीहरु चल्ला छाडेर फरार भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको कुखुराको चल्लालाई आवश्यक कारबाहीका लागि पशु क्वारेटाइन चेकपोष्ट सिर्सिया बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4