Comments Add Comment

अपर नौगाड जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु

७ असोज, काठमाडौं । अपर नौगाड जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ । अपर नौगाडबाट उत्पादित बिजुली असोज १० गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी छ । यसबाट उत्पादित बिजुली अत्तरिया–बलाँच सवस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिने छ ।

आठ मेगावाट क्षमताको अपर नौगाड जलविद्युत आयोजना अपि पावर कम्पनी लिमिटेडको दोस्रो परियोजना हो । यसको मंगलबार गरिएको परीक्षण सफल भएको आयोजनाले जनाएको छ ।

२०७३ असोज १२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत १६० करोड रुपैयाँ छ । यस आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान छ । यसमध्य सुख्खा महिनामा १.१४ करोड र वर्षा यामका चार महिनामा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ ।

यसबाट सुदूरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपूर्ति हुने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment