+
+
Shares

नेकपाले संविधान सिध्याउन चिनियाँ कम्युनिस्ट पार्टीसँग प्रशिक्षण चलायो : निधि

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते १९:१०

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चिनियाँ कम्युनिस्ट पार्टीसँग मिलेर संविधान सिध्याउने जनशक्ति उत्पादन गरिरहेको आरोप लगाएका छन् ।

कैलालीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘त्यो अहिलेको संविधानलाई सिध्याउनका लागि जनशक्ति तयार गर्न चलाइएको प्रशिक्षण हो ।’

कांग्रेसले सुरु गरेको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै निधिले भने, ‘उत्तरी छिमेकी देश जहाँ बहुदलीय लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकार, संसदीय प्रणाली र विरोधीलाई विरोध गर्न पाउने अधिकार छैन, त्यो देशको प्रशिक्षण लिएर नेपालमा राजनीतिक जनशिक्त तयार गरिरहनु भएको छ ।’

अहिलेको संविधानलाई सबैभन्दा बढी खतरा सरकारबाटै भएको निधिको आरोप छ । प्रतिगमन वा राजतन्त्र फर्कने संभावना नरहेको उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?