Comments Add Comment

सीएमसीमा अभिभावक संघर्ष समिति गठन

७ असोज, चितवन । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै आन्दोलनमा उत्रिएका चितवन मेडिकल कलेजका विद्यार्थीका अभिभावकले संघर्ष समिति बनाएका छन् ।

मंगलबार कलेजमा अभिभावकहरुको एक भेलाले निर्मला कँडेलको संयोजकत्वमा नौं सदस्यीय संघर्षृ समिति गठन गरेको हो । भेलामा ३० भन्दा धेरै अभिभावक सहभागी भएका थिए । भेलाले असोज ११ गतेभित्र अतिरिक्त बुझाएको रकमको भौचर लिने निर्णय गरेको छ ।

रकम बुझाएको रसिद नदिए आन्दोलनमा उत्रिने निर्णय भेलाले गरेको कँडेलले बताइन् । उनले असोज ११ गतेसम्म रसिद दिने र रकम समायोजन गर्ने प्रक्रिया अघि नबढाए विद्यार्थीसँग मिलेर आन्दोलन गर्ने चेतावनी दिइन् ।

गत भदौ १५ गतेदेखि अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै आन्दोलनमा उत्रिएका कलेजका विद्यार्थी, कलेज प्रशासन र स्थानीय प्रशासनबीच असोज ४ गते एक महिनाभित्र शुल्क समायोजन गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो ।

शुल्कसम्बन्धी अध्ययन गर्न ७ जनाको एक समिति गठन गरिएको छ । समितिले दिएको प्रतिवेदनमा आधारमा थप अघि बढ्ने सहमतिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment