Comments Add Comment

एट्वीनको अध्यक्ष नतिसरा, महासचिवमा बालकुमारी दर्लामी निर्वाचित

९ असोज,काठमाडौं । मानव बेचबिखन विरुद्धको नागरिक अभियान सन्चालन गर्ने संस्था एट्वीनको अध्यक्षमा नतिसरा राई निर्वाचित भएकी छन् ।

काठमाडौंमा सम्पन्न १६ औं साधारणसभा तथा आठौं अधिवेशनले बेचबिखन विरुद्धको अभियानमा संलग्न शक्ति समूहकी अध्यक्ष बालकुमारी दर्लामी मगरलाई महासचिव निर्वाचित गरेको छ ।

महिला तथा बालवालिका बेचबिखनविरुद्ध सहकर्मी नेपाल (एट्वीन)को आठौं महाधिवेशनबाट बालकुमारी महासचिवमा सर्वसम्मत निर्वाचित भएको शक्ति समूहकी संस्थापक चरिमाया तामाङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मानव बेचबिखनविरुद्धको अभियानमा बेचबिखन प्रभावितहरुले नै स्थापना गरेको विश्वकै पहिलो संस्था शक्ति समूह एट्वीनको सदस्य रहदै आएको छ ।

एटवीनको मानव बेचबिखन विरुद्धको अभियानमा सरकारलाई नीति निर्माणमा दबाब दिने तथा पुनस्र्थापना र उद्दारका साथै स्वदेश फिर्तीमा सरकारलाई सघाउने सामाजिक संस्थाका रुपमा एट्वीन क्रियाशील छ । यसमा मानव बेचबखिनविरुद्ध क्रियाशील संस्थाहरु सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment