+

नेपालले शुक्रबार टेष्ट राष्ट्र जिम्बाब्वेसँग खेल्दै

२०७६ असोज  ९ गते १८:३१ २०७६ असोज ९ गते १८:३१
नेपालले शुक्रबार टेष्ट राष्ट्र जिम्बाब्वेसँग खेल्दै

९ असोज, काठमाडौं । सिंगापुरमा भोलि (शुक्रबार)देखि सुरु हुने टी–२० त्रिकोणात्मक सिरिजमा नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ ।

इण्डियन एसोसिएसन क्रिकेट मैदानमा शुक्रबार साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले खेल्न लागेको हो । बलियो टिम जिम्बाब्वेलाई पराजित गर्दै जित हात पार्ने लक्ष्यमा नेपाली टिम रहेको छ ।

डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले आफ्नो दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ । त्यस्तै, तेस्रो खेलमा जिम्बाब्वेसँग अक्टोबर १ मा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अक्टोबर २ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

कप्तान पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा अधिकांश युवा खेलाडी रहेका छन् । कुसल मल्ल र इशान पाण्डेले टिममा पहिलो पटक स्थान बनाएका छन् भने सुशान भारी, आरिफ शेख र सन्दीप जोराले पुनगरागमन गरेका छन् ।

टिममा सहभागि खेलाडीहरु

पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाष बोहरा, ललितनारायण राजवंशी, सुशान भारी र इशान पाण्डे ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय