
९ असोज, नवलपरासी । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संविधान संशोधन नगरे सरकारमा बसिरहनुको औचित्य नहुने बताएका छन् ।
विहीबार कावासोतीमा समाजवादी पार्टी नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा भट्टराईले तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सामेल हुँदा भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताए ।
‘गरिँदैन र सहमतिअनुसार संशोधन भएन भने हामी सरकारमा बस्दैनौं,’ उनले भने । तर, यस विषयमा पार्टीले सरकारसँग एक चरण छलफल गर्ने उनले बताए ।
यसैबीच, बिहीबार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकता पछिको जिल्ला समायोजन कार्यक्रम भएको छ ।
कावासोतीमा भएको जिल्ला समायोजन कार्यक्रममा डा. बाबुराम भट्टराई, अशोक राई लगायतले प्रशिक्षण दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4