
यो बर्षको दशैं २ दिनपछि बल्ल सुरु हुँदैछ । तर, नेपाली चलचित्रका मेकरहरुको आँखा भने अर्को दशैंमा ठोक्किन थालेको छ । आउँदो बर्षको दशैंमा रिलिज गर्नेगरी निर्माता अशोक शर्माले ‘अल्लारे २’को प्रदर्शन मिति तय गरिसकेका छन् । अन्य, केही मेकरको आँखा पनि दशैंमा नै केन्द्रित छ ।
यसैविच, निर्माता भूवन केसीले भने दि सुपर काजोल फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्र ‘एन्टी हिरो’ वि.सं २०७७ सालको दशैंमा रिलिज हुने बताएका छन् ।
नायक अनमोल केसीले ‘धुपौरे’ चलचित्रमा काम गर्ने तयारी गर्दै गर्दा ‘एन्टी हिरो’ के हुन्छ भन्ने प्रश्न पनि उठेको छ । तर, भूवनले भने चलचित्रको कथा तयार नभएकाले केही महिना ढिलो छायांकन हुने बताए ।
उनले भने–‘अनमोलका शुभचिन्तकहरुले दशैंमा चलचित्र रिलिज गर्न सुझाव दिनुभएको छ । दशैंमा दर्शकले अनमोलको चलचित्र हेर्न चाहेकाले पनि हामीले आउँदो बर्षको दशैंमा ‘एन्टी हिरो’ रिलिज गर्छौ ।
उनले, ‘धुपौरे’मा अनमोलले काम गर्ने तयारी गर्दा ‘एन्टी हिरो’ नबन्ने हो कि भन्ने चिन्ता नलिन फ्यानहरुलाई आग्रह गरे ।
प्रतिक्रिया 4