Comments Add Comment

नेकपाको चियापान कार्यक्रम असोज २९ गते

१० असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आगामी असोज २९ गते काठमाडौंमा चियापान गर्ने भएको छ ।

पार्टीका महासचिव विष्णु पौडेलको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज २९ गते चावपर्ड लक्षित चियापन कार्यक्रम हुने भन्दै नेता/कार्यक्रतालाई निम्तो गरेका छन् । नेकपाले चियापानको लागि स्थान भने छनोट गरिसकेको छैन ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाले दोस्रो पटक चियापान कार्यक्रमको आयोजना गर्दैछ । अघिल्लो बर्षको चियापानमा नेताहरुले छिट्टै पार्टी एकता गर्ने बताएका थिए तर, अझै टुङ्गिएको छ ।

तथापि, नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार सम्पर्क समन्वय कमिटीले गरेको कार्यक्रममा २/४ घण्टा होमवर्क गर्दा पार्टी एकताका बाँकी काम टुङ्गिने दाबी गरेका छन् । ‘पार्टी एकताको सन्दर्भमा हात्ती छिर्‍यो । पुच्छर बाँकी छ । अब सजिलै छिर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment