Comments Add Comment

असम्वद्ध निकायबाट फैसला परीक्षण गर्नु स्वतन्त्र न्यायपालिकाको खिलाफः जबरा

१० असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतका फैसला वा आदेशहरु असम्वद्ध व्यक्ति, निकाय वा प्रकृयाबाट परीक्षण गर्नु स्वतन्त्र न्यायपालिका खिलाफ हुने बताएका छन् ।

एनसेलबारे सर्वोच्च अदालतले गरेको फैसलाबाट संसदमा प्रश्न उठेको थियो भने सर्वोच्चको फैसला अध्ययन गर्न नेपाल बार एशोसिएसनले समिति बनाएको छ । कतिपयले प्रधानन्यायाधीश जबराको शुक्रबारको सम्बोधन त्यसतर्फ लक्षित हुनसक्ने अनुमान गरेका छन् ।

तर उनले प्रष्ट संकेत गरेका छन् । दशैं लगायतका चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जबराले भने, ‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट न्याय सम्पादनको रोहमा भएका फैसला वा आदेशहरुको विधिपूर्वक परीक्षण हुन सक्दछ तर, असम्वद्ध व्यक्ति, निकाय वा प्रकृयाबाट परीक्षण गर्ने कार्य आफैमा स्वतन्त्र न्यायपालिकाको अवधारणा र मूल्य मान्यता विपरित हुन जान्छ भन्ने मलाई लाग्दछ ।’

यसले न्यायपालिकाको विश्वसनीयतामा प्रश्न उठ्न जाने रसंविधानले परिकल्पना गरेको सक्षम र सुदृढ न्यायपालिकाको स्थापनामा सहयोग नपुग्ने उनले बताए ।

प्रधानन्यायाधीश जबराले संविधान तथा कानूनले अपेक्षा गरेअनुरुपको भुमिका र जिम्मेवारी निर्वहन गर्न न्यायपालिका क्रियाशील रहेको बताए । उनले ञ्चवषर्ीय रणनीतिक योजना कार्यान्वयनमा साथ र सहयोग गर्न पनि आहृवान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment