+
+

उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा प्रजातान्त्रिक समूहका साह विजयी

रासस रासस
२०७६ असोज १२ गते १०:१०

१२ असोज, काठमाडौं । उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन् ।

त्यसैगरी, उपाध्यक्षमा समावेशी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला सदस्यमा रीतादेवी साह तथा जुनु रावली विजयी भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद दाहालले बताए ।

दुई महिला सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको थियो । शनिबार सम्पन्न भएको मतगदानमा कूल एक हजार ३२५ मतदाता रहेको संघमा एक हजार १८२ मत खसेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?