
१२ असोज, काठमाडौं । ज्यान मार्ने उद्योगमा सजाय सुनाइएका एकजना फरार अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका-१२ का ४९ वषर्ीय चिनवा भनिने समिम अख्तर अंसारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिबार राति सोही उनकै गाउँबाट पक्राउ गरेको हो ।
अंसारीलाई सर्वाेच्च अदालतको २०५२ जेठ २५ गतेको फैसलाले ज्यान मार्ने उद्योगमा ४ वर्ष ११ महिना १० दिन सजाय सुनाएको थियो ।
पक्राउ परेका अंसारीलाई अदालत बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4