Comments Add Comment

अनन्या भन्छिन्–‘इशानसँग काम गर्न मरिहत्ते नै गर्छु’

बलिउडमा नायक इशान खट्टर र नायिका अनन्या पाण्डेले राम्रो चर्चा पाइरहेका छन् । ‘धडक’ चलचित्रबाट चर्चामा आएका इशान र ‘स्टुडेन्ट अफ दि इयर २’ डेब्यु अनन्याले एकसाथ काम गर्दैछन् । यो कुराले यी दुइका फ्यानलाई खुशी तुल्याएको छ ।

इशान र अनन्याले निर्देशक अलि अब्बस जफरले निर्माण गर्न लागेको चलचित्र ‘खाली पिली’मा एकसाथ काम गर्न लागेका हुन् । चलचित्रमा लक्का जवान कलाकारहरु चाहिएकोले इशान र अनन्यालाई रोजेको जफरले बताउँदै आएका छन् ।

यस्तैमा, नायिका अनन्याले इशानको कामको तरिफ गरेकी छिन् । हालै एक भारतीय मिडियालाई दिएको अन्तरवार्तामा उनले इशानको तारिफ गरेकी हुन् । अनन्याले भनेकी छिन्–‘इशान निकै मेहनती मान्छे छन् । अभिनय पनि निकै राम्रो गर्छन् । म त उनीसँग काम गर्न भनेपछि मरिहत्ते नै गर्छु ।’

चलचित्र छायांकनको दौरानमा आफूहरुले रमाइलो गर्ने गरेको पनि अनन्याले खुलासा गरेकी छिन् । उनले थपिन्–‘मुम्बइको सडकहरुमा बेलुकीपख कोही क्रेजी बच्चाहरु ट्याक्सीमा घुमिरहेका छन् भने त्यो हामी हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment