+
+

गोरखा दरबारमा राखियो जमरा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते १४:११

१२ असोज, गोरखा । वडा दशैंको पहिलो दिन आइतबार गोरखा दरबारमा घटस्थापना गरिएको छ ।

विहान १०ः३५ बजेको साइतमा कालिका मन्दिरमा वडाइका साथ घटस्थापना गरिएको मूल पुजारी लिला बहादुर बोहराले बताए ।

सँगै जमरा पनि राखिएको छ । कालिका मन्दिरको जमरा कोठामा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको बिज राखिएको उनले बताए ।

भगवतीलाई कालिका मन्दिरको गर्भ गृहमा सारिएको उनले जानकारी दिए । ‘मूल दरबारको कैलाश कोठाबाट गर्भ गृहमा सवारी गराउनुपर्ने हो,’ उनले भने, ‘तर दरबार पुनर्निर्माण भइरहेकाले भगवतीलाई कालिका मन्दिरकै कैलाश कोठामा राखेका थियौं, त्यहीबाट आज विहान गर्भ गृहमा सवारी गराएका हौ ।’

आजबाट दरबारमा नियमित बलि सुरु हुने बताइएको छ । दशैं अवधि भर ३२ वटा बोका, १५ वटा रागो, १२ भेडा, ९ कुखुरा र भैरव बलिका लागि ५ वटा सँगुरको बलि दिइने गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले बताए ।

दशैंको पूजाआजाका लागि पुरातत्व बिभागबाट १५ लाख रकम प्राप्त भएको उनले जानकारी दिए ।

बिभागबाट आएको रकम अपुग हुने उनको गुनासो छ । फुलपाति, अष्टमी र दशमीको दिन पनि बडाइ गर्ने चलन छ ।

आजबाट सप्तमीका दिनसम्म कन्या खुवाउने प्रचलन रहेको कट्टेलले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?