+
+

बुटवलमा दशैं सस्तो बजार सुरु, ३० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते १८:०४

१२ असोज बुटवल । बुटवलमा १९ औं संस्करणको दशैं सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघले आफ्नै सचिवालय परिसर बालमन्दिरमा बजार सञ्चालन गरेकोहो ।

आइतबार दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्घाटन गर्दै सस्तो बजारमा बिक्री वितरण गरिने बस्तुको गुणस्तरमा कायम आग्रह गरे ।

बुटवल नगरपालिकाले आगामी तीन वर्षभित्रमा बेरोजगार युवालाई सीप सिकाएर बेरोजगारी समस्या निर्मुल गरिने बताए ।

बजारमा खाद्यान्न, दैनिक उपभोग्य बस्तु, टर्की, लोकल कुखुरा, अण्डा, छपियाको माछा, चिया, डीडीसीको दुग्धजन्य उत्पादन, साल्ट ट्रेडिङ्को नुन, चिनीलगायतका ३० वटा स्टल राखिएको दशैं बजारका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।

संघका अध्यक्ष खिमबहादुर हमालले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट बुटवल उद्योग बाणिज्य संघले गर्दै आएको भए पनि सरकारी संयन्त्रबाट पूर्ण सहयोग प्राप्त हुन नसकेको उल्लेख गरे ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधि तिवारीले उपभोक्तालाई ध्यानमा राखेर बुटवल उद्योग बाणिज्य संघले निरन्तर दशैं सस्तो बजार संञ्चालन गरेर राम्रो काम गरेको बताए ।

अहिले पनि नेपाली उपभोक्ता सुनौली पारि बजार गर्न जाने प्रबृत्ति कायमै रहेको बताउँदै सस्तो मात्रै भन्दा पनि गुणस्तरीय सामानको उपभोगमा पनि ध्यान दिन आग्रह गरे ।

त्यस्तै नेपाल राष्ट्र बैंकको सहयोगमा प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटहीको व्यबस्था मिलाइएको छ ।

हुनेखानेका लागि मात्रै नभएर हँदा खानेहरुका लागि पनि दशैं सहज बनाउनका लागि बुटवल उद्योग बाणिज्य संघले दशैं सस्तो बजार सञ्चालन गर्दै आएको संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले बताए ।

दशैं सस्तो बजारमा बस्तुका आधारमा ३० प्रतिशतसम्म छुटको व्यबस्था मिलाइएको छ । यो बजार असोज १७ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?