Comments Add Comment

शान्ति समाजले भन्यो – सत्तापक्षबाटै आक्रमण हुनु लोकतन्त्रको मर्ममाथि प्रहार

Photo Credit : चितवन आक्रमणमा घाइते भएका ज्ञानबहादुर शाही । अनलाइनखबर फाइल

१३ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताबाट विपक्षी दलका नेता कार्यकर्तामाथि आक्रमण प्रयास भएकोप्रति मानवअधिकार तथा शान्ति समाजले निन्दा गरेको छ ।

शान्ति समाजका सभापति उत्तम पुडासैनीले सोमबार विज्ञप्ति प्रकाशित गरी नेकपाका कार्यकर्ताले श्रृंखलाबद्धरुपमै आक्रमण गर्नुले सरकारको असहिष्णु चरित्रको पर्दाफास भएको उल्लेख गरेका छन् ।

फरक विचार राख्नेहरुमाथि आक्रमणमै उत्रिनुले लोकतन्त्रको मर्ममाथि नै प्रहार भएको सभापति पुडासैनीले उल्लेख गरेका छन् । ‘फरक विचार राख्ने राजनीतिक दल र व्यक्तिहरुप्रति सत्तारुढ दलका कार्यकर्ताहरुबाट भएको निरन्तर असहिष्णु चरित्रले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको छ जुन संविधान प्रदत्त नागरिक अधिकार र आधारभूत स्वतन्त्रता माथिको प्रहार पनि हो ,’ विज्ञप्तिमा भनिएको छ ।

आइतबार नेकपाका कार्यकर्ताले तनहुँको ऋषिङको एक कार्यक्रममा सहभागी हुने क्रममा पूर्वमन्त्री तथा नेपाली कांगेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालमाथि अबरोध गरेका थिए ।

गत शनिबार मात्रै सरकार बिरोधी गतिबिधि गरेको भन्दै  चितवनमा नेपालका लागि नेपाली अभियानका ज्ञानबहादुर शाहीलाई कुटपिटसमेत गरेका थिए ।

यस्ता घटनामा संलग्नहरुलाई कानुनी कारबाही गर्न शान्ति समाजले सरकारलाई आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment