+
+

मिलेनियम च्यालेन्ज कोअपरेसनमा नेपाल र अमेरिकाबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १६:०३

१३ असोज, काठमाडौं । मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) का कार्यक्रम कार्यान्वयनका लागि नेपाल र अमेरिकी सरकारबीच सम्झौता भएको छ ।

सोमबार अर्थ मन्त्रालयमा उक्त कार्यक्रम कार्यान्वयनका लागि अर्थमन्त्री डा. युवराज खतिवडा र मिलेनियम च्यालेन्ज कोअपरेसन कार्यान्वयन महाशाखाका उपाध्यक्ष एन्थोनी वेल्चरले हस्ताक्षर गरेका छन् ।

यो कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई ५ सय मिलियन अमेरिकी डलर (५० अर्ब नेपाली रुपैयाँ) दिनेछ । यो कार्यक्रम नेपालले सन् २०२० को जुन ३० बाट कार्यान्वयन गर्नैपर्नेछ ।

मिलेनियम च्यालेन्ज कोअपरेसन अन्तर्गत नेपालमा भरपर्दो विद्युतको उपलब्धता र सडक सुधार लगायतका काम हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?