
१३ असोज, रोल्पा । सुलिचौर बजारमा बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । सुलिचौरबाट सिर्पतर्फ जाँदै गरेको आशीर्वाद सेवा प्रालिको उक्त बस सोमबार दुर्घटना भएको हो ।
सुनीलस्मृति गाउँपालिका–३ रुइनिवाङमा रहेको जीप पार्कबाट दुई सय मिटर तल लुंग्री खोलामा खसेको स्थानीयवासी अमृतबहादुर घर्तीले जानकारी दिए ।
दुर्घटनामा चालक लुंग्री गाउँपालिका–३ सीमगिठेका यामबहादुर घर्ती मगर र वडा नं २ सिर्पका सूर्यलाल घर्तीकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4