Comments Add Comment

डेमोक्र्याटहरू देशद्रोही र बेइमान हुन् : ट्रम्प

१६ भदौ, असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट सांसदमाथि आक्रोस पोखेका छन् । उनले विपक्षीलाई देशद्रोही र बेइमानको संज्ञासमेत दिएका छन् ।

पछिल्लो समय ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेको आरोप लागेको छ । पूर्व उपराष्टपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ । ट्रम्पले यसको खण्डन गरे पनि विपक्षीले यसबारे अनुसन्धान थाल्दै आरोप पुष्टि भएमा ट्रम्पविरुद्ध महाभियोग लगाउने चेतावनी दिइरहेका छन् ।

तल्लो सदनमा बहुमतमा रहेका विपक्षी सांसदले युक्रेनका समकक्षीसँग राष्ट्रपति ट्रम्पले गरेको कुराकानीलगायतका जानकारी संकलन गरिरहेको बताइएको छ । ह्वाइट हाउसलाई पनि उसले यसबारे आदेश दिने तयारी गरेको छ ।

यसबारे छानबिन र महाभियोगको प्रसंग आइरहेका बेला रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति बनेका ट्रम्पले आक्रोसित देखिएका छन् । उनले पत्रकार सम्मेलनमै छानबिन र महाभियोग लगाउन उद्दत डेमोक्र्याटिक सांसद्हरूलाई देशद्रोही र बेइमान भएको आरोप लगाएका छन् ।

बीबीसीका अनुसार संसदको इन्टेलिजेन्स कमिटी अध्यक्ष एडम स्किफप्रति कटाक्ष गर्दै ट्रम्पले राजीनामा नै माग गरेका छन् । यति मात्रै होइन, एडमले देशद्रोही काम गरेकाले उनीमाथि नै अनुसन्धान सोझिनुपर्ने मत ट्रम्पले राखेका छन् । एडमलाई सूचना दिने व्यक्तिले गलत सूचना प्रवाह गरेको दाबी पनि ट्रम्पले उक्त अवसरमा गरेका छन् ।

ट्रम्पले उनीमाथि थालिएको अनुसन्धानमा  प्रश्न उठाएका छन् । अनुसन्धान कपटपूर्ण रहेको उनको आरोप छ ।

यद्यपि, डेमोक्र्याटहरूले भने छानबिन र महाभियोग दुवै निष्पक्ष हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment