Comments Add Comment

सामान्य गहनाले पनि बढाउँछ सौन्दर्य

दिनहुँ प्रयोग हुने गहना हल्का किसिमको भयो भने त्यसलाई लगाउन पनि आरामदायक हुन्छ र सम्हाल्न पनि सजिलो । सामान्य किसिमका गहनालाई हरेक प्रकारका पहिरनमा लगाएर हिँड्न सकिन्छ । त्यस्ता गहनाले तपाईंलाई भद्दा देखिँदैन, उल्टो झन् सुन्दर र अरुभन्दा फरक देखाउँछ । आज हामी तपाईंलाई दिनहुँ कस्तो प्रकारका मिनिमल ज्वेलरीको प्रयोग गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिँदैछौ ।

हल्का एङ्कलेट

यस प्रकारको एङ्कलेट पातलो र हल्का किसिमको हुन्छ । यसलाई कुर्ता सुरुवाल, साडी, स्कर्ट बाहेक जिन्समा पनि लगाउन सकिन्छ । झुण्डिने किसिमको एङ्कलेट मनपर्दैन भने साधारण डोरी जस्तै अथवा पातको डिजाइनको एङ्कलेट पनि लगाउन सकिन्छ । हिजोआज स्टेटमेन्ट लेखिएका पाउजु पनि फेसनमा आएका छन्, जसमा तपाईंको बानीसँग मेल खाने शब्दहरु लेखिएका हुन्छन् ।

डेलिकेट नेक्लेस

साधारण किसिमको नेकलेस धेरैलाई मनपर्छ । यसलाई टप, शर्ट, वेस्टर्न र भारतीय पहिरनहरुसँग पनि लगाउन सकिन्छ । हिजोआज लेयर्ड नेकलेसको  पनि धेरै चलन छ । बर्षायाम र गर्मीको मौसममा यसको प्रयोग धेरै हुन्छ ।

स्टाइलिस ईयर कफ्स

कानलाई पूरा ढाक्ने किसिमको ईयरकफ्सभन्दा हिजोआज सानो कफ्स धेरै रुचाइन्छ । यसमा रिङ, यूरोपियन र क्लिप स्टाइलको कफ्सको धेरै फेशन रहेको छ ।

डेकोर रिङ

साधारण डिजाइनका औंंठी भन्दा हिजोआज डेकोर रिङको धेरै चलन चलेको छ । यसमा विभिन्न किसिमका आकारहरु उपलब्ध छन् । त्यस्ता औंठीहरु बटरफ्लाइदेखि पात, फुल र अनुहारको आकृतिमा पनि उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment