Comments Add Comment

दशैंको बिदामा हलमा हिन्दी र अंग्रेजी फिल्मको दबदबा

काठमाण्डौका सिंगल वा मल्टिप्लेक्स हलमा पुग्ने हो भने अहिले नेपाली चलचित्रलाई दशैंले नछोएको प्रष्ट देखिन्छ । काठमाण्डौ लगायत देशभरका हलमा अहिले हिन्दी र अंग्रेजी चलचित्रको दबादबा छ ।

दशैंको एक साता लामो बिदामा पनि नेपाली चलचित्र हलमा नहुनु आफैमा दुःखद कुरा हो । किनकी, यो हप्ता रिलिज भएका हिन्दी र अंग्रेजी चलचित्रले नेपाली चलचित्र रिलिज हुन सकेनन् । कतिपयले हलले शोजमा दादागिरी गर्ने भएकाले चलचित्र रिलिज गर्न नसकेको बताए भने कतिपयले चलचित्र रिलिज गर्ने हिम्मत गरेनन् ।

यसैले, यस बर्षको दशैं नेपाली चलचित्रका पारखीका लागि पूर्ण रुपमा खल्लो भएको छ । आजबाट केही नेपाली चलचित्र रिलिज भएपनि तीनको चर्चा बजारमा छैन । अहिले हलमा ऋतिक रोशन र टाइगर श्राफ अभिनित चलचित्र ‘वार’ लागिरहेको छ । यस्तै, अंग्रेजी चलचित्र ‘जोकर’ पनि हलमा लागिरहेको छ । यी दुई चलचित्रले नै अधिकांश शो आफ्नो नाममा पारेका छन् ।

अर्को साता हलमा चलचित्र ‘छ माया छपक्कै’ रिलिज हुनेछ । तर, हरेक बर्षको दशैंमा नयाँ नेपाली चलचित्र हेर्न हलमा उर्लिएका दर्शकले यसपटक भने खल्लो महशुश गरेको पक्कै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment