+
+

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १७ गते १३:१८

१७ असोज, काठमाडौं । आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा प्रहरीले काठमाडौंको सीतापाइलाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पशु सेवा विभाग त्रिपुरेश्वरका बा. १ झ ९९६६ नम्बरको गाडी चालक रामेछाप भँगेरी गाउँपालिका ०६ घर भई काठमाण्डौ स्वायम्भु बस्ने २५ वर्षीय हेम कुमार श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले बुधबार चेकजाँच गर्ने क्रममा उनले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि कारबाही गर्न खोज्दा ५ सय ५ रूपैयाँ दिन खोजेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?