+

सन्दीप ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्ट

२०७६ असोज  १७ गते १३:२८ २०७६ असोज १७ गते १३:२८
सन्दीप ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्ट

१७ असोज, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन् ।

नयाँ अवधारणामा आधारित १०० बलको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडी सन्दीप पनि पर्न सफल भएका हुन् । द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्टमा सन्दीपको मुल्य एक लाख पाउण्ड रहेको छ ।

आयोजकले विदेशी कोटाका खेलाडीको न्युनतम मूल्य १ लाख २५ हजार पाउण्ड र १ लाख पाउण्ड राखेको छ ।

इंग्ल्यान्ड र वेल्समा हुने प्रतियोगिताको लागि ड्राफ्टमा सन्दीपसँगै १६५ जना विदेशी खेलाडी छन् । अक्टोबर २० मा खेलाडी छनोट हुदैछ । ‘द हन्ड्रेड’ क्रिकेटमा आठ टिमले ७ वटा क्याटोगरीमा रहेका खेलाडीलाई आफ्नो टिममा राख्ने छन् ।

सन्दीप रहेको क्याटोगरीमा ग्लेन म्याक्श्वेल, आन्द्रे रसेल, राशिद खान, सकिब अल हसन, तमिम इक्बल, साहिद अपि|mदी, ड्वाइन ब्राभो, हरवजन सिंह र केइरन पोलार्ड रहेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय