+
+
Shares

मिथिलाञ्चलमा देवीदुर्गाको आँखा उघार्ने विधि गरिँदै

रासस रासस
२०७६ असोज १८ गते ८:५६

१८ असोज, जनकपुरधाम । मिथिलाञ्चलका दुर्गा मन्दिरमा देवीदुर्गाको नवनिर्मित प्रतिमामा आज आँखा उधार्ने विधि गरिँदैछ । मिथिलाञ्चलमा निजी र सामूहिकरूपमा दुर्गा पूजा गरिने परम्परा रहेका कारण सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन माटोबाट बनाइएका देवीदुर्गाको प्रतिमाको स्थापना गरिने चलन रहेको छ ।

मन्दिरमा प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । आँखा सप्तमीका दिन पूजा गरेपछि मात्र राखिन्छ । यो विधिका लागि षष्ठीका दिन बेल निमन्त्रणा गरिन्छ, जसलाई बेलनौती भनिन्छ । यसअन्तर्गत बेलका रूखको एउटै हाँगाको फलेको जोडा बेललाई रातो कपडामा बेरेर बेल निमन्त्रणा गरिन्छ ।

सो क्रममा विधिका लागि तय गरिएको बेलको रूखतिर बाजागाजाका साथ श्रद्धालु गीतनाद भजन गाउँदै पुग्ने परम्परा रहेको छ । सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर जाने गरिन्छ ।

शिव, पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रणा दिइएको हतियारबाट एकैपटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजास्थलतिर लगिन्छ । पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखी सोही बेलको पातको डाँठबाट दुर्गाको आँखा उघार्ने गरिन्छ , जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?