
२० असोज, कैलाली । डडेल्धुरामा दुई किलो ७ सय ग्राम अवैध लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ भाटगाउँका शेरबहादुर भण्डारी र अमरगढी –६ भालुमारेका वीरबहादुर बोहरा छन् ।
लागूऔषध नियन्त्रण अभियान र दशैं तिहार सुरक्षा योजना अनुरुप परिचालित प्रहरीद्वारा सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
दशरथचन्द्र राजमार्गस्थित अमरगढी–७ खोस्रेखानमा सवारीसाधन चेकजाँच गर्ने क्रममा भण्डारीले चलाइराखेको गरेका से ३ प ४५३१ नम्बरको मोटरसाइकलमा भण्डारीको झोलाबाट ७ सय ग्राम चरेस फेला परेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए।
त्यसैगरी, अमरगढी–६ भालुमारेका वीरबहादुर बोहराको घरबाट दुई किलो चरेस फेला परेको उनले बताए । पक्राउ परेका दुवैमाथि विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4