+
+
Shares

राष्ट्रपतिले लगाइदिइन् प्रधानमन्त्री ओलीलाई दशैंको टीका

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २१ गते १५:०९

२१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैंको टीका लगाइदिएकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितलनिवास पुगेका ओलीलाई दशैंको टीका, जमरा र माला लगाइदिएका हुन् ।

भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका दिएकी छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत उच्च पदस्थ व्यक्तिलाई दशैंको टीका लगाइ दिएकी छन् ।

अहिले भण्डारीले शितलनिवासमा सर्वसाधारणलाई पनि टीका लगाइदिने क्रम जारी छ ।

तस्वीरहरूः विकाश श्रेष्ठ/ अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?