Comments Add Comment

बाबुको हत्या गर्न छोरालाई आमाको साथ !

२१ असोज, काठमाडौं । मादक पदार्थ सेवन गरेर बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय छोरा नहिम पमरिया छन् ।

पमरियालाई उक्साउने आमा मृतककी श्रीमती ५० वर्षीया जमुनी खातुनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यसअघि १९ असोजमा सप्तहरीको महादेवा–१, बजुराही टोलमा ६२ वर्षीय महमद गफुरको कुटपिट गरी हत्या भएको थियो ।

घटनापछि फरार रहेका आमा छोरालाई मंगलबार प्रहरी चौकी पकरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकृत डीएसपी तिलक भारतीयले अनलाइनखबरलाई बताए ।

उनका अनुसार सामान्य विषयमा उनीहरु बीच पटकपटक विवाद हुने गरेको स्थानीयले बताएका छन् । छोराको साथमा लागेर श्रीमतीले पनि महमदलाई कुटपिट गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

नहिमले मादक पदार्थ सवन गर्न बुबासँग पैसा माग्ने र नदिए कुटपिट गर्ने गरेको देखिएको अनुसन्धान अधिकृत बताउँछन् ।

अहिले आमाछोरालाई जिल्ला प्रहरी कार्यालय, सप्तरीमा राखेर आवश्यक अनुसन्धान भइरहेको डीएसपी भारतीले बताए ।

यो पनि पढ्नुहोस समाजमा बढ्दै छ अपराधिक मनोवृत्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment