+
+

दशैंमा नबिकेका च्याङ्ग्राको सरकारले मूल्य घटायो

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २३ गते ११:५२

२३ असोज, काठमाडौं । सरकारले दशैंमा नबिकेका च्यांग्राको मूल्य घटाएको छ । सहुलियत दरमा बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किनेको १९ सयमध्ये १४६ वटा च्यांग्रा बिकेका थिएनन् ।

कम्पनीले दशैंमा जिउँदो च्यांग्रा प्रतिकिलो ७ सय ४० रुपैयाँ तोकेर त्यसमा १० रुपैयाँ प्रतिकिलो सरकारी सहुलियतसहित ७ सय ३० रुपैयाँमा बिक्री गरेको थियो । खसी–बोकामा हारालुछ भए पनि सबै च्याङ्ग्रा बिक्री हुन नसकेको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले बताए ।

‘दशैंमा निजी क्षेत्रबाट धेरै च्याङ्ग्रा भित्र्याइएका कारण हाम्रा केही च्याङ्ग्रा नबिकेका हुन्,’ महाप्रवन्धक गौचनले भने ।

अहिले जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीको थापाथलीस्थित गोदाममा रहेका च्यांग्रा सबै स्वस्थ रहेको पनि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?