Comments Add Comment

प्रिन्स उपाधि नजिक

काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एशियाली यू-२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा उपाधि नजिक पुगेका छन् ।

प्रिन्सले उपाधिका लागि प्रतियोगितामा तेश्रो बरियता प्राप्त भारतका सराथ दुन्नानको सामना गर्ने भएका छन् । दुवई ईन्टरनेशनलका विजेता प्रिन्सले प्रतियोगितामा चौथो बरियता प्राप्त श्रीलङकाका रन्थुस्का ससिन्दुलाई १६-२१, २१-१५, २१-१८ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् ।

पुरुष एकलमै नेपाली खेलाडी प्रफुल महर्जन भने प्रतियोगिताका तेश्रो बरियताका भारतका सराथ दुन्नानसँग क्वाटरफाईनलमा १८-२१, २१-१४ र २०-२२ को प्रतिस्पर्धात्मक खेलमा पराजित भएका छन् ।

महिला एकलतर्फ भने नेपाली खेलाडीहरु पहिलो चरणबाट नै प्रतिस्पर्धाबाट बाहिरिएका थिए । पुरुष युगलातर्फ पि्रन्स र प्रफुलको जोडी पाकिस्तानी खेलाडीहरुसँग क्वाटरफाइनलमा पराजित भएका थिए ।

यसैगरी महिला युगलमा रशिला महर्जन र जेशिका गुरुङ्गको जोडी भारतिय खेलाडी दीपसिखा सिंह र मानषी सिंहको जोडीसँग क्वाटरफाइनल पराजित भएका थिए ।

मिश्रीत जोडीतर्फ रशिला महर्जन र प्रफुल महर्जनको जोडी भारतका सराथ दुन्ना र दीपसिखा सिंहको जोडीसँग सेमिफाइनलमा १३-२१, १५-२१ ले तथा पि्रन्स दाहाल र जेशिका गुरुङ्गको जोडी भारतकै साई चरण कोया र मानषी सिंहको जोडीसँग सेमिफाइनलमै २०-२२, १७-२१ ले पराजित भए ।

यससँगै नेपाली टोलीले तीन कास्य पदक पाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment