काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले लिनिङ दक्षिण एशियाली यू–२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा रजत पदकमै चित्त बुझाएका छन् ।
उपाधी नजिक पुगेका प्रिन्स फाइनलमा प्रतियोगितामा तेश्रो बरियता प्राप्त भारतका सराथ दुन्नान संग १६–२१, १७–२१ को सेटमा पराजित भएका हुन् ।
च्याम्पियनसिपमा नेपालले एक रजत र तीन कास्य हात पारेको छ । पुरुष एकलमा रजत, मिक्स युगलमा दुई कास्य र मिक्स टिम ईभेन्ट्समा एक कास्य प्राप्त गरेको हो ।
प्रतिक्रिया 4