Comments Add Comment

छ माया छपक्कैको पहिलो शो ‘उत्साहजनक’

चलचित्र ‘छ माया छपक्कै’ले शुक्रबारदेखि आफ्नो प्रदर्शन आरम्भ गरेको छ । प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘छ माया छपक्कै’ ’फेस्टिभ मुड’लाई लक्षित गर्दै दशैंको अन्त्यतिर रिलिज गरिएको हो ।

चलचित्रले रिलिजको पहिलो शोबाट दर्शकको निकै उत्साहजनक साथ पाएको छ । काठमाडौं र मोफसलका हलहरुमा दर्शकको उपस्थिति राम्रो छ । मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि दर्शकको उल्लेखनीय उपस्थिति रहेको निर्माण पक्षले बताएको छ ।

गम्भीर राजनैतिक विषयलाई हास्यप्रधान तरिकाले प्रस्तुत गरिएको यस चलचित्रलाई दर्शकले रुचाएका पनि छन् । बिहानी शो हेरेर निस्किएका अधिंकाश दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका छन् । दीपेन्द्र लामा निर्देशित यस चलचित्रको कथा पनि निर्देशक लामाले नै तयार गरेका हुन् ।

दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको यस चलचित्रको पटकथा दीपकराजले तयार गरेका हुन् । ‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment