+
+
Shares

निजामती कर्मचारीलाई सरकारको उर्दी : सीको स्वागत गर्न माइतीघरमा आउनू

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २४ गते १९:५०

२४ असोज, काठमाडौं । शनिबार काठमाडौं आउने चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत र विदाइका लागि निजामती कर्मचारीलाई सडकमा खटाइने भएको छ ।

राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार कर्मचारीले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्नेछन् । त्यसका लागि निजामती कर्मचारीहरुलाई निजामती पोसाक लगाएर शनिबार दिउँसो ३ः४५ बजे र आइतबार विहान ११ : १५ बजे आउन भनिएको छ ।

स्रोतका अनुसार सबै मन्त्रालयलाई १०० जना कर्मचारी ल्याउनपर्ने कोटा तोकिएको छ । कर, मन्त्रालयहरुलाई कर्मचारी राख्ने आआफ्नो ठाउँ तोकिएको छ ।

तोकिएको ठाउँमा कर्मचारी आए नआएको हेर्न सडकमै हाजिर गर्ने व्यवस्था समेत मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?