
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी राजदूत र्याण्डी बेरीले इन्डो–प्यासिफिक रणनीतिबारे ट्विट गरेका छन् । राजदूत बेरीले शुक्रबार दुई मिनेट लामो भिडियोमार्फत इन्डो–प्यासिफिकबारे अमेरिकी धारणा सार्वजनिक गरेका हुन् ।
‘इन्डो–प्यासिफिक आवद्ध हुनुपर्ने कुनै क्लब होइन, यसमा सही गर्नुपर्ने कागजात छैन र यो कुनै सम्झौता पनि होइन’ बेरीले भिडियोमा भनेका छन्, ‘यसमा नेपालले सहमति जनाउनु पर्ने वा सामेल हुनुपर्ने केही छैन ।’
बेरीले भनेका छन्, ‘यो कसैलाई बहिस्कार गर्न बनाइएको नीति होइन, एसिया प्रशान्त क्षेत्रको विधिको शासन, खुलापन र स्वतन्त्रताबाट सुशासित रहन्छ भन्ने सुनिश्चितता गर्न हामीले गर्ने सहयोगलाई परिभाषित गर्दछ ।’
आलोचकहरूले चीनविरोधी गठबन्धनको रुपमा अथ्र्याएको इन्डो–प्यासिफिक रणनीतिबारे सीको भ्रमणको अघिल्लो दिन गरिएको यो ट्विटलाई अर्थपूर्ण मानिएको छ ।
प्रतिक्रिया 4