+

किप्चोगेले दुई घन्टा भन्दा कम समयमै पूरा गरे म्याराथन

२०७६ असोज  २५ गते १५:०१ २०७६ असोज २५ गते १५:०१
किप्चोगेले दुई घन्टा भन्दा कम समयमै पूरा गरे म्याराथन

२५ असोज, काठमाडौं । इलियट किप्चोगे म्याराथन दुई घन्टाभन्दा कम समयमा पुरा गर्ने धावक बनेका छन् ।

केन्याका ३४ वर्षीय किप्चोगेले १ घण्टा ५९ मिनेट ४०:२ सेकेण्डमा ४२.२ किलोमिटर दुरी पार गरेका हुन् । तर उनको यो समय म्याराथनमा औपचारिक रेकर्डको रुपमा भने रहने छैन किनकी यो खुला प्रतिस्पर्धा होइन ।

चार पटकको लण्डन म्याराथन विजेता किप्चोगेले आफ्नी पत्नी ग्रेसलाई अंगालेर खुशी साटासाट गरे । त्यस्तै केन्याली झण्डा बोकेका उनलाई सहयात्रीहरुले उचालेर खुशी मनाएका थिए । उक्त म्याराथनमा किप्चोगे सरदर  २.५२ किलोमिटर प्रतिमिनेटको दरले दौडिएका थिए ।

दौडमा ४२ जना सहभागी थिए, जसमा ओलम्पिकमा एथ्लेटिक्सका विभिन्न इभेन्टमा पदक जितेकाहरु पनि थिए । किप्चोगेलाई उनका प्रशिक्षकले मोटरसाइकलमा चढेर बेला बेलामा खानेपानी दिएका थिए । किप्चोगेको म्याराथनको आधिकारिक समय भने २ घण्टा १ः३९ सेकेन्ड रहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय