
२५ असोज, काठमाडौं । फोक्सोको क्यान्सरबाट पीडित पर्साको ठोरी गाउँपालिका-४ विजयवस्तीकी कान्छीमाया गुभाजुको जीवन रक्षाका लागि आर्थिक सहयोग भएको छ ।
गुभाजुको जीवन रक्षाका लागि गठन भएको सहयोग समितिले विभिन्न सहयोगी दाताहरूबाट प्राप्त गरेको १ लाख ९ हजार ३ सय २५ रुपैयाँ रकम पीडित गुभाजुलाई शनिबार हस्तान्तरण गरेको छ ।
समाजसेवी सन्तोष श्रेष्ठले क्यान्सरपीडित गुभाजुलाई उनकै घरमा पुगेर संकलित नगद सहयोग हस्तान्तरण गरेका हुन् ।
गुभाजु फोक्सोको क्यान्सरबाट करीब १ महिनाअघिदेखि पीडित छन् । ३ छोरी र १ छोराकी आमा रहेकी पीडित गुभाजुको आर्थिक अवस्था कमजोर रहेकै कारणले उपचारमा आर्थिक सङ्कट परेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4