Comments Add Comment

प्रधानमन्त्री ओली र सीबीच भेटवार्ता   

२६ असोज, काठमाडौँ ।   नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार शिष्टाचार भेट गरेका छन् ।

दुई देशबीचको प्रतिनिधिमण्डस्तरीय वार्ता र सम्झौतापछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग सोल्टी होटेलमा अलग्गै भेटवार्ता गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार नेपाल आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment