Comments Add Comment

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना सर्बिया प्रस्थान

२७ असोज, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१औं सम्मेलनमा भाग लिनसर्बियाको बेलग्रेड प्रस्थान गरेका छन् ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको संघीय संसदको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यद्वय खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी छन् । त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल पनि सर्बिया गएका छन् ।

प्रतिनिधिमण्डलका अन्य सदस्य शुक्रबार नै गए पनि अध्यक्ष तिमिल्सिना भने आइतबार सर्बिया प्रस्थान गरेका हुन् ।

नेपाललगायत १७१ राष्ट्रका संसद् र अन्य ११ एसोसियट सदस्य रहेको आईपीयूको १४१ औं सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment