Comments Add Comment

पोल्याण्ड र रुस युरोकपका लागि छानिए

२७ असोज, काठमाडौं । पोल्याण्ड युरोकप फुटबल २०२० का लागि छनौट भएको छ । गएराति समूह ‘जी’ को खेलमा उत्तरी मेसेडोनियालाई २–० ले हराउँदै पोल्याण्ड प्रतियोगिताको लागि छनोट भएको हो ।

बेल्जियम र इटलीपछि पोल्यान्ड छनोट चरण पार गर्ने तेस्रो टिम हो । उसले अझै दुई खेल खेल्न बाँकी नै छ ।

गएराति नै भएको समूह ‘आई’ को खेलबाट रुस पनि प्रतियोगिताका लागि छनोट भएको छ । रुसले साइप्रसलाई ५–० ले हराउन सफल भएको छ ।

छनौटअन्तर्गत गएरातिका खेलहरुमा नेदरल्याण्ड्स, जर्मनी र हंगेरी पनि विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment