+

इक्वेडरको पोष्टमा अर्जेन्टिनाको ६ गोल

२०७६ असोज  २७ गते ७:१० २०७६ असोज २७ गते ७:१०
इक्वेडरको पोष्टमा अर्जेन्टिनाको ६ गोल

२७ असोज, काठमाडौं । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ ले पराजित गरेको छ । यो खेलमा स्टार खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो अग्युरो थिएनन् ।

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाले एक गोल उपहार पाएको थियो । दोस्रो हाफमा अरु तीन गोल थप्दा भने एक गोल खायो ।

२० मिनेटमा लुकासले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । २७ औं मिनेटमा इक्वेडरका स्पिनोजाले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाको अग्रता दोब्बर भयो । ३२ औं मिनेटमा पनि पेनाल्टीबाट लिएनार्दोले अर्को एक गोल थपेपछि पहिलो हाफसम्म अर्जेन्टिना ३–० ले अघि रह्यो ।

दोस्रो हाफमा इक्वेडरले एक गोल फर्कायो । ४९ औं मिनेटमा एन्जल मिनाले इक्वेडरका लागि सान्त्वना गोल फर्काएका हुन् ।

त्यसपछि फेरि अर्जेन्टिनाले ६६ औं, ८२ औं र ८६ औं मिनेटमा तीन गोल थप्यो । यी गोलहरु क्रमशः जर्मन पिजेला, निकोलास र लुकासले गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय