Comments Add Comment

आलियासँग रणवीरले काम गर्न मानेनन्

बलिउड नायक रणवीर सिंहले हालै चलचित्र ‘८३’ को छायांकन सकाएका छन् । यो चलचित्रको छायांकनपछि रणवीर करण जोहरको निर्माणमा बन्न लागेको चलचित्र ‘तख्त’को तयारीमा लागेका छन् । मल्टिस्टारर यो चलचित्रमा रणवीरले नायिका आलिया भट्टसँग जोडी बाध्नेछन् ।

चलचित्र ‘गल्ली ब्याई’मा पनि एकसाथ काम गरेको आलिया र रणवीरको जोडी पर्दामा दोहोरिन लागेको हो । तर, हालै आलियाको मुख्य भूमिका रहने चलचित्रको अफरलाई रणवीरले नकारेका छन् । संजयलीला भन्सालीको नयाँ चलचित्र ‘गंगुबाई’को अफरलाई रणवीरले अस्विकार गरेका हुन् ।

यो चलचित्रको लागि निर्देशक भन्सालीले नै रणवीरलाई अफर गरेका थिए । तर, रणवीरले भने यो चलचित्रको प्रस्ताव स्विकारेका छैनन् । केमियो भूमिकाका लागि रणवीरलाई अफर गरिएको थियो । उनको भूमिकाले चलचित्रमा विशेष अर्थ राख्ने बताइएको छ । तर, रणवीरले केमियो भूमिका गर्न अस्विकार गरेका छन् ।

आफूले कुनै पनि नयाँ चलचित्रमा काम गर्दा मुख्य र महत्वपूर्ण भूमिकामा काम गर्नु पर्ने समय भएको भन्दै रणवीरले उक्त प्रस्तावलाई अस्विकार गरेका हुन् । रणवीर र भन्सालीले चलचित्र ‘रामलिला, बाजिराओ मस्तानी, पद्मावत’ लगायतका चलचित्रमा सहकार्य गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment