Comments Add Comment

तिलोत्तमा प्रिमियर लिग : रुपन्देही पल्टन बिजयी

२७ असोज, बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियर लिगको सोमबारको खेलमा रुपन्देही पल्टन बिजयी भएको छ । रुपन्देही पल्टनले लुम्बिनी शाक्यानलाई ५६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ्ग रोजेको रुपन्देही पल्टनले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९६ रन जोडेको थियो । पल्टनका लागि बिराट भण्डारीले ६२ बलमा ६४ रनको विशाल पारी खेल्ने क्रममा ८ चौका र ४ छक्काको प्रहार गरेका थिए । यसैगरि नेपाली राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४९ रनको योगदान गरे । उनले ४ चौका ६ छक्का प्रहार गरेका थिए ।

जितका लागि १ सय ९७ रनको लक्ष्य सहित जवाफि ब्याटिङ्ग गरेको लुम्बिनी शाक्यानले १८ दशमलव १ ओभर खेल्दै अलआउट हुदा १ सय ४० रनमा समेटियो । शाक्यानका लागि राष्ट्रिय खेलाडी समेत रहेका शरद भेष्वाकारले ३२ बलमा ६० रनको योगदान गरे पनि अन्य ब्याट्सम्यानहरु खासै चल्न नसक्दा उनको योगदान असफल सावित भयो ।

प्रतियोगितामा रुपन्देही पल्टनका बिराट भण्डारी म्यान अफ द म्याच घोषित भएभने पल्टनकै दिपेन्द्र सिंह ऐरी मोस्ट भ्यालुएवल खेलाडी घोषित भए ।

१० टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद चार लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद दुईलाख प्राप्त गर्नेछ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल कात्तिक ९ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment