+

बुल्गेरियामाथि इंग्ल्यान्डको प्रभावशाली जित

२०७६ असोज  २८ गते ७:३० २०७६ असोज २८ गते ७:३०
बुल्गेरियामाथि इंग्ल्यान्डको प्रभावशाली जित

२८ असोज, काठमाडौं । युरोकप छनोटमा इंग्ल्यान्डले बुल्गेरियामाथि ६-० गोलको फराकिलो जित निकालेको छ । सोमबार राति समूह ‘ए’ को खेलमा घरेलु टोली बुल्गेरियामाथि इंग्ल्यान्डले फराकिलो जित निकालेको हो ।

इंग्ल्यान्डको जितमा रोस बार्कली र रहिम स्टर्लिङले समान २-२ गोल गरे । त्यस्तै, कप्तान हृयारी केन र मार्कुस राष्फोर्डले समान १-१ गोल गरे ।

पहिलो हाफमा चार गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । यो जितसँगै इंग्ल्यान्डले ६ खेलबाट पाँच खेलमा जित र एक खेलमा हारसहित १५ अंक बनाएको छ । पराजित बुल्गेरिया भने सात खेलमध्ये तीन खेलमा बराबरी र चार खेलमा हारसहित तीन अंक बनाएर समूह ‘ए’ को पुछारमा छ ।

सोमबार राति नै भएको अर्को खेलमा कोसोभोले मोन्टेनेग्रोलाई २-० गोलअन्तरले पराजित गरेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय